भदौ २६, काठमाडौँ । अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरूलाई नेपाल प्रहरी अस्पताल, दुई नम्बर गणको आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ । महाशाखाका २२ जनाको स्वाब परीक्षण गराउँदा ७ जनामा संक्रमण देखिएको हो ।