• २०८३ बैशाख १५ गते मङ्गलवार

कतारले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं । नेपालविरुद्ध कतारले टस जितेको छ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा कतारले टस जितेर पहिला बलिङ राजेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईलाई पराजित गरेको थियो भने कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो ।

नेपालले आज टिममा एक परिवर्तन गरेको छ । आज ललित राजबंशीको स्थानमा मोहमद आदीललाई खेलाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस