• २०८३ मङ्सिर ३ गते बुधवार

सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौँ । सुनसरीमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सहकारीको रकम अपचलन तथा बचतकर्ताको रकम हिनामिनासम्बन्धी अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।


प्रहरीका अनुसार बराह बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा अनुसन्धान अघि बढाइएको हो । उक्त सहकारीमा आबद्ध विभिन्न व्यक्तिमाथि बचतकर्ताको रकम अपचलन तथा ठगी गरेको आरोप छ ।

प्रहरीले विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको जनाएको छ। सहकारीका संस्थापक शिवकुमार लामिछानेसहित अन्य प्रतिवादीहरूको खोजीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार यस प्रकरणमा १७ हजारभन्दा बढी बचतकर्ताको रकम जोखिममा परेको छ भने कुल बिगो १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख छ । पक्राउ परेका व्यक्तिमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस