• २०८३ असोज २२ गते बिहिवार

प्रिती ! “लघुकथा”

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : ३ मिनेट

बिना बाउका छोरा छोरी अलि बडि स्वतन्त्र हुन्छन।जति पिता को डर हुँन्छ उति आमाको हुँदैन होला।त्यसैलेपनि उनिहरुमा अलि बढी स्वतन्त्रता झल्किन्छ।भर्खर हाई स्कुलमा भर्ना साथ साथै कालिको रघु सँग आँखा जुद्न थालेछन।उ एक पटक बिदेश बसेर आएको देख्नमा शुन्दर भर्खर रेखि बसेको युवा थियो।काली दश क्लासमा अध्यायन गर्दै थिई।उनिहरुको पहिलो देख भेट बाटनै प्रेम बसेछ।यो प्रेम भन्ने चिज पनि अनौठो हुँदो रैछ कति खेर कँहा बस्छ थाहानै हुँदैन।कालीको मनभित्र रघुको बास भैसक्यो।

उनिहरु बिच भेट घाट हुँन थाल्यो,दुबैको जोडी देख्दा पनि नराम्रो थिएन।यो प्रेमले अलि धेरै चर्चा भने पाउँन सकेन कालिको आमाँलाई कालीको ब्यबहार बाट जानकारी भैसकेपछि आमाले ढीलो नगरी उनिहरुको बिबहा गर्ने बिचार गरीन।एकदिन कालि एक्लै भएको बेला पारेर काली कि आमाले काली सँग सोध्न थालिन। काली हिँजो आज केही ब्यबहारमा फरक देख्छु मैले के भयकोछ?पढ्नमा मन लग्दैन कि के हो?आमाले काली तिर हेर्दै भन्छिन।केही पनि ता भाको छैन!किन र?आमा!कालीले प्रति प्रश्न गर्छे।होईन तँ सँग एउटा केटा सँगै हिँडेको देख्छम भन्छन गाउँलेहरु को हो त्यो?कालीको आमाले हावामा तिर चलाउँछिन!त्यो ठिक निसानामा लाग्छ।आँमा त्यो केटा बिदेश बाट भर्खर आएको हो त्यतिकै चिना जानी भयको थियो।कालिले अलि डराई-डराई भन्छे।उस्को कुरा बाट प्रस्ट थियो उस्ले त्यो केटा सँग प्रेम गर्छे।के तैँले त्यस्लाई मन लगाएकी छस?आमाले फेरी प्रश्न तेर्छाउँछिन।आमाँ तपाईँ पनि!भन्दै मुख छोपेर मधुर मुस्कान छाढ्छे।कालीको उमेर सानै थियो तर आमालाई छोरीको छिट्टै बिहे गरेर आफ्नो जिम्मेवारी पुरा गर्ने मन थियो।बिना बाउका छोरा छोरी भोली कुनै तल बितल पय्रो भने के गर्ने उन्लाई चिन्ता थियो।

काली म ता तेरो आँमा भन्दापनि साथि जस्तै सम्झे र मलाई भन के त्यो केटाले पनि तँलाई मायाँ गर्छ?कालीको आमाले सोध्छिन।हजूर आमा!भन्दै उ लजाएर भित्र पस्छे।आमाले कुरा गम्भिर भयको बुझ्छिन।अनि त्यो केटाको बारेमा सबै बुझ्ने प्रयास गर्छिन।केहिदीनमै केटा तिरबाट पनि सहमति भएको जानकारी हुँन्छ।अनी दुबै बिबहा बन्धनमा बाँधिईन्छ।उनिहरुको सम्बन्ध समुधर थियो,बिबाह पछि पनि रघु बिदेश तिर जान्छ।उनिहरुको बिच प्रेम प्रघाढनै थियो।दिन बित्दै गए उनिहरु बाट शुन्दर एउटा बाबु र नानी को जनम भयो।
रघु अब घरमै बस्न थालेपछि बिस्तारै उस्ले मदिरा पिउँन थाल्यो अनि उ दिन प्रति दिन नसा गर्ने बानी बस्यो।केहि समयमै रघु एक प्रकारको जड्याँ भयो।अब उस्ले रक्सि बिहानै उठे देखी पिउँन थाल्यो मत्तर भएर जाँ पायो त्यँही पल्टिने,काम न गर्ने गर्न थालेपछि आमा बाउँलेपनि छुट्टाई दिए,रघुलाई नसा मुक्ति केन्दर मा भर्ती गराए।तरपनि उस्लाई अब झनै डिप्रेशन हुँन थाल्यो। र उस्को उपचार गर्न थाली।
काली लाई ठुलो समस्याले घेरेपछि आफ्ना कलेजा का टुक्राहरु लाई हजूर आमा र हजूर बाको हवाला गरेर उनलाई पाल्न पढाउँन आफु परदेश तिर निस्किन्छे।एका तिर श्रिमानको उपचार आर्को तिर नानी बाबुहरुको पढाईको खर्च अब कालीको परिश्रममा निर्भर थियो।जाँ दुख्छ त्यँही ठोक्किन्छ भने जस्तै काली अचानक परवासमा बिमार पर्छे।उता कालीको श्रीमानले पैसा पठाईन भनेर अब उ कतै आर्को सँग लागि भन्दै प्रचार गर्न थाल्छ।

यता काली लाई ठुलो बिमारी लाग्छ।यो बेलामा उस्को रेख देख गर्नुको सट्टा रघुले अब कालीको मलाई आबस्याकता छैन भन्दै कालीको आमालाई आर्की बिहे गर्ने धम्की दिन्छ।आमाँ तपाईँकी छोरीको मलाई खाँचो छैन त्यो अब पोईल गैसकेकी लाई मैले आफ्नो घरमा राख्ने छैन!रघुले आमा सँग भन्छ।त्यसो न भन्नुस जुँवाई काली ले त्यस्तो गलति गर्नै सक्दैन।भन्दै आमा रुन्छिन बिन्ति गर्छिन,बरु वास्तबिक कुरा केहो त्यो पत्ता गरौँला!न आत्तिनुस ति स साना बाबु नानीको भबिष्यको बारेमा सोँच्नुश भन्दै बिन्ति गर्छिन। यता काली त्यो लोग्नेकै उपचारका लागि आर्काको काम गर्दा बिमार परेर आई सि यु मा भर्ना छन।उता रघुले आफ्नो बिहेको तैयारी गर्दैछ।
(कथा काल्पनिक हो यो कसैको निजी भबिस्य वा पात्रका नाम सँग मिल्न गयमा मात्र सयोँग हुँनेछ।)

Sharing

प्रतिक्रिया दिनुहोस