• २०८३ भाद्र १४ गते आइतवार

काँकडभिट्टाबाट ब्राउनसुगर सहित चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, झापा । प्रहरीले काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरसहित आइतबार अपराह्न चार जनालाई पक्राउ गरेको छ। लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर(७ सिद्धार्थ टोलबाट सीताराम आङदेम्बे, उनकी श्रीमती मनिषा मगर, धरान ५ का कल्याण राई र धरान १६ का रिजन लकान्द्रीरहेका छन । आङ्देम्बे दम्पत्ति ब्राउनसुगर कारोबारी रहेको र उनीहरूसँग खरिद गर्न आएका बखत राई र लकान्द्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट २८ ग्राम ब्राउनसुगर, एक लाख ३३ हजार रुपैयाँ, को३५प ७०१६ नम्बरको मोटरसाइकल बरामद भएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस