• २०८३ बैशाख १८ गते शुक्रवार

कर्णालीमा एमालेले मुख्यमन्त्रीलाई बुझायो १९ बुँदे मागपत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौँ। कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष बजेटका विषयमा मागपत्र पेस गरेको छ ।

आज एमाले संसदीय दलका नेता यमलाल कँडेलको टोलीले १९ बुँदे मागपत्र पेस गरेको हो । मुख्यमन्त्री शाही र कँडेलबीच आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ ।

‘फ्लोर क्रस’ गरेर एमालेले कारबाही गरेका चार सांसदको पद सर्वोच्चले थमौती गरेको छ । एमालेको खनाल–नेपाल समूहका तीन सांसद सरकारमा मन्त्री छन् । एमालेले उनीहरुलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको नेताहरुले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस