• २०८३ असार ६ गते शनिवार

लागु औषध कारोबार गर्ने व्यक्तिहरू पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौँ । २३ गते विहान जि.भक्तपुर सल्लाघारी स्थित अरनिको राजमार्गको दक्षिण तर्फको किनारामा ना.३ ख.९८९ नं.को कन्टेनर रोकी राखेको अवस्थामा तपशिलमा उल्लेखित विष्णु प्रधान र डम्बर बहादुर प्रधान समेत २ जना फेला पारी कन्टेनर जाँच गर्दा उक्त कन्टेनरको चालकको सिट मुनी रहेको जेब्रा झोला थान -१ र चालकको संगैको सिट मुनी रहेको जेब्रा झोला थान -१ गरी जम्मा जेब्रा झोला थान -२ फेला पारी खानतलासी गर्दा निम्न परिमाणको लागुऔषध बरामद गरी निजहरूलाई बिक्री वितरणको लागी ल्याएको अवैध लागु औषध सहित पक्राउ गरीएको र प्रारम्भिक अनुसन्धानमा निजहरु सँग उक्त लागू औषध कारोबार गर्ने कार्यमा संलग्न रहेका शंकर खड्का समेतलाई काठमाण्डौको बुढानिलकण्ठ एरियाबाट पक्राउ गरी गरी थप अनुसन्धानको लागी महानगरिय प्रहरी परिसर भक्तपुर पठाईएको ।

पक्राउ व्यक्तिहरु:
१. नाम : विष्णु प्रधान
उमेर : ३६ बर्ष
ठेगाना : जि.सिन्धुपाल्चोक, बाह्रविसे न.पा.वडा नं. ०७
२. नाम थर : डम्बर बहादुर प्रधान
उमेर : ३७ बर्ष
वतन : जि.सिन्धुपाल्चोक, बाह्रविसे न.पा.वडा नं. ०७
३. नाम : शंकर खड्का
उमेर : ३२ वर्ष
ठेगाना : जि.सिन्धुपाल्चोक, भोटेकोशी गा.पा.वडा नं.०५
बरामद सामानहरू :
१. डाईजापाम – २९५० एम्पुल
२. नाईट्रोभेट – ३००० एम्पुल
३. Promathazine – २९५० एम्पुल
४. Buprenorphine – १५०० एम्पुल
५. Noophin – १४०० एम्पुल

Sharing

प्रतिक्रिया दिनुहोस