• २०८३ बैशाख ३० गते बुधवार

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका नयाँ एसपी गौतमले सम्हाले कार्यभार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ २१ कैलाली । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले नयाँ कार्यभार सम्हालेका छन्। प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागले भदौ ५ गते एसपी गौतमलाई तालुक महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सुदूरपश्चिम प्रदेश टाफिक प्रहरी कार्यालय अत्तरियामा सरुवा गरेको थियो।
यसअघि रहेका प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र श्रेष्ठ मानव बेचविखन तथा अनुसन्धान ब्युरो बबरमहल काठमाण्डौँमा सरुवा गएपछि ट्राफिक प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) गौतम आएका हुन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा ट्राफिक प्रहरीले खादा र पुष्प गुच्छाले स्वागत गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस