• २०८३ जेष्ठ १७ गते आइतवार

कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९ , कञ्चनपुर । कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ६ मा ५८ वर्षीय आमालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय छोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले पीडित आमाले नै छोरा विरुद्ध बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि पक्राउ गरी घटनाको अनुसन्धान भईरहेको जानकारी दिए। उनले मदिरा सेवन गरी आमालाई जबरजस्तीकरणी गर्दै आएको दावी उजुरीमा गरिएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस