• २०८३ बैशाख ५ गते शनिवार

बाँकेमा एसपी रानाको दुई महिना, ९८ फरार अभियुक्तहरु पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ७, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हाल्न आइपुगेका एसपी ओमबहादुर रानाको नेतृत्वमा भएको प्रगति लोभलाग्दो छ । दुई महिनाकै अवधिमा ९८ फरार अभियुक्तहरु पक्राउ परेका छन् ।

उनी बाँके आइपुगेको दुई महिना तीन दिन भयो । तर प्रगतिको फड्कोले सबैलाई आश्चर्य पारिदिएको छ । मोष्ट वाण्टेड पक्राउदेखि तस्करी र आ पराधिक गतिविधि नियन्त्रणसम्मका दर्जनौं उपलव्धीले यतिबेला चर्चाको शिखरमा बाँके प्रहरी पुगेको छ । भन्सार चोरी निकासी पैठारी गर्ने मानिस तथा सवारी साधन पक्राउको विवरण उल्लेख्य छ ।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविििध निस्तेज पार्ने अभियानमा एसपी रानाको नेतृत्वमा बाँकेमा प्रहरी सक्रियता व्यापक बनेको छ । भन्सार चोरी पैठारी गर्ने ५७ जना पक्राउ परिसकेका छन् । त्यसो त ७५ लाखभन्दा बढी राजश्व समेत जम्मा गर्न सफल भएको छ । लागूऔषध कारोबारमा संलग्नहर पक्राउ परेका छन् । त्यस्तै, ट्राफिक नियम कार्यान्वयन गर्ने सवालमा कडाई गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस