• २०८३ जेष्ठ २१ गते बिहिवार

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आज देखि बिक्रीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर विक्रीमा राखेको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको

कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेशन पेश गर्नुपर्ने छ ।

निर्धारित मितिभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस