भाद्र ७ , काठमाडौँ। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीका खेलाडीहरुको कोरोना बिमा गरेको छ । पुरुष राष्ट्रिय टोलीका २५ खेलाडीसहित ५१ जनाको कोरोना बिमा गरेको हो ।
क्यानले टियु क्रिकेट मैदान, मुलपानी क्रिकेट मैदानमा कार्यरत तथा क्यानका अफिसियलहरुको कोरोना बिमा भएको जनाएको छ। पछिल्लो समय बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै खेलाडी, पदाधिकारी र कर्मचारीको स्वास्थ्य सुनिश्चित तथा सुरक्षित गर्न कोरोना बिमा गरेको क्यानले जनाएको छ ।
क्यानले केन्द्रिय सम्झौतामा रहेका २१ तथा अनुबन्धन बाहिरका ४ जना खेलाडी गरी २५ जनाको कोरोना बिमा गरेको हो ।