• २०८३ जेष्ठ २ गते शनिवार

मुख्यमन्त्रीको राजनीमा माग गर्दै प्रदेश तथा संघीय सरकारविरूद्ध प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, जनकपुरधाम । राष्ट्रीय एकता अभियानले जनकपुरमा मुख्यमन्त्रीको राजनीमा माग गर्दै प्रदेश तथा संघीय सरकारविरूद्द प्रदर्शन गरेको छ । अभियानले एक र्‍याली गरी हिन्दू सन्त तथा अभियान्ताको सुरक्षा ग्यारेन्टी ग़र, संत श्रीराम साहको हत्यारालाई अबिलम्ब कार्यवाही ग़र, सुरक्षा दिन नसक्ने मुख्यमंत्री राजनामा दे, हिन्दू माथि को दमन बन्द ग़र, राष्ट्रीय एकता अभियान जिन्दावाद भन्दै प्रदेश तथा संघीय सरकारविरूद्द प्रदर्शन गरेको हो।

उक्त र्‍यालीमा संजय यादव, जय यादव, रवि साह एबं मोहन साह लगायत अभियान्ताको सहभागिता रहेको थियो। अभियान जनकपुर संयोजक मनीष हिन्दूको नेतृत्व उक्त विरोध प्रदर्शन भएको हो। संयोजक मनीषले भने,’ नेपाल धर्म निरपेक्ष राष्ट्र भएदेखि हिन्दु समुदायमाथि विभिन्न कोणबाट दमन भइरहेको छ।’

विनय यादव नेतृत्वको राष्ट्रीय एकता अभियानले गएको ३ गते रौतहट स्थित माधवनरायण नगरपालिकाको खेसरहिया गाउमा रहेका हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहको हत्यारालाई पक्राउ गरी अबिलम्ब कार्यवाहीको लागी जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस