• २०८३ जेष्ठ २६ गते मङ्गलवार

बाजुराको नेकपाको पार्टी कार्यालयमा साँझ एउटा बिहान अर्को ताला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ६, बाजुरा । नेकपा बाजुराको सदरमुकाम मार्तडी स्थित पार्टी कार्यालयमा रातारात ढोकामा लगाईएको ताला फेरिएको पाइएको छ । सोमबार बिहान पार्टी कार्यालयको ढोकामा लगाएको ताला एकाएक फोडेर अर्को ताला लगाएको पाईएको हो ।

कार्यालयमा रहेका कागजात पनि रातारात गायव भएका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले रातारात फाइलहरु गायव गरिएको हुन सक्ने अनुमान एक श्रोतले जनाएको छ । कार्यालयमा लगाएको ताला र यस अघि आफुसंग भएको चावीको तालामा फरक भएको कार्यालय सचिव गोरख शार्कीले बताए । देशब्यापी रुपमा बिभिन्न गतिबिधी भइरहेको अबस्थामा बाजुरामा पनि त्यसको केन्द्रीय राजनितीको तरङ्ग फैलिएको उनले बताए ।

पार्टी कार्यालयमा कसले ताला फोडे र ताला परिर्वतन गरे भन्ने कुरामा केपी पक्ष र माधव प्रचण्ड पक्ष दुबैलाई थाहा नभएको बताएका छन् । यता केपी पक्षका केही नेताहरुले आफुहरुलाई जानकारी नभएको बताएका छन । भने माधव प्रचण्ड पक्षले भने केपी समूहकाले ताला फोडेर अर्को ताला लगाएको हुनसक्ने अनुमान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस