
साउन ३०, बुटवल । प्रदेश ५ को मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार मन्त्रालयका एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।एकजना कर्मचारीमा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएका व्यक्ति तथा मन्त्रालयमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गर्ने सुरु गरिएको र स्वाब संकलनपछि रिपोर्ट नआउन्जेल सबै कर्मचारीलाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ ।