• २०८३ बैशाख ४ गते शुक्रवार

विरोध खतिवडामाथि हातपात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ। गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडामाथि चुनावी सभामा जाँदै गर्दा मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनेवित्तिकै हातपात भएको हो ।

हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस