• २०८३ बैशाख २६ गते शनिवार

मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाएका पुरुषको सनाखत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 साउन २९,कैलाली। अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाएका पुरुषको सनाखत भएको छ।ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टका अनुसार मोटरसाईकल दुर्घटनामा परी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर ८ का खेम साकीको मृत्यु भएको हो।

गएराति से ६ प ३३८९ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिकाको गेटा नजिक दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।६ लेन सडकबाट गेटा मेडिकल जाने बाटो नजिकै दुर्घटना भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस