श्रावण २८ ,कैलाली । कैलालीको त्रिनगर भन्सार नाका भई भारतबा फर्किएकाहरुलाई लगेर गएको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले अछामका लागि छुटेको बस डोटीमा दुर्घटनामा परेको पुष्टि गरेको छ। दुर्घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ। प्रहरी टोली घटना स्थल पुगेको छ।