• २०८३ असार १७ गते बुधवार

प्रचण्डलाई बामदेवको कडा जवाफ, ६ बुँदेमै अगाडी बढ्नुहोस् पार्टी झन एकताबद्ध हुन्छ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २० ,काठमाडौँ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता अघि अध्यक्ष दाहालले उपाध्यक्ष गौतमलाई बिहान ११ बजेबाट ११ः४० बजेसम्म भेटेका हुन् ।साउन १३ गते नेता कार्यकर्ताको भावना अनुसार ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका उपाध्यक्ष गौतमलाई भेट्न दाहाल भैसेपार्टीमै पुगेका थिए । विहान भएको भेटमा विशेषगरी पार्टीमा देखिएको विवादका विषयमा कुराकानी भएको थियो ।

 छलफलमा उपाध्यक्ष गौतमले आफ्नो प्रस्ताव पार्टी एकतालाई थप मजबुत बनाउन ल्याएकाले यसमै अगाडी बढ्नु सबैको हितमा हुने आफ्नो निष्कर्ष रहेको जवाफ दिए छन् । उनले दाहाललाई अहिले व्यक्तिगत स्वार्थ हेर्ने भन्दा पनि पार्टीको हितमा सबैले कदम चाल्नुपर्ने बताए । अध्यक्ष दाहालले भने आफुहरुलाई सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली–अध्यक्ष दाहालबीच आज साँझ पाँच बजे पुन वार्ता हुदैछ । आजको वार्ताबाट समाधान निस्कन सक्ने नेताहरुले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस