• २०८३ असार २ गते मङ्गलवार

शिक्षा तथा खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ खेलकुद समयमै गर्ने प्रतिबद्धता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौं ।  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाडै तोक्ने योजना भएको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रंगशालामाको हालको अबस्था बारे जानकारी गराएका थिए । निरीक्षणको क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुदमा भौतिक संरचनाको कमि भएकाले सरकारले यसमा ध्यान दिने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस