• २०८२ असार ५ गते बिहिवार

बाँकेबाट ४ किलो अफिम सहित एकजना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, बाँके । बाँके प्रहरीले अफिम सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको कोहलपुरमा लागुऔषध अफिम कारोबार भइरहेको सूचना पाएलगत्तै चेकजाँच गर्दा अफिम सहित एक जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

एसपी रानाका अनुसार बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ४२ वर्षिय भबिलाल पुन मगरलाई ४ किलो १७४ ग्राम लागुऔषध अफिम सहित नियन्त्रणमा लिइएको हो । कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्क स्थित एलबी गेष्टहाउसबाट अफिम सहित मगरलाई जिल्ला प्रहरी कार्यालय बाँके, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले संयुक्त रुपमा नियन्त्रणमा लिइएको हो ।

जाजरकोट नगरपालिका वडा नम्बर १ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ आनन्दनगरमा मगर बस्दै आएका मगरलाई ईलाका प्रहरी कार्यालय, कोहलपुरमा थप अनुसन्धान भइरहेकोछ ।

प्रतिक्रिया दिनुहोस