• २०८३ असार ६ गते शनिवार

राजमार्गमै फोहोरका डङ्गुर, नगरप्रमुख भन्छन : प्राबिधिक समस्या कारण फोहोर नउठेको हुनसक्छ

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

असार २०, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका को मुटु भनी चिनिने सुखड बजारमा नियमित फोहोर व्यवस्थापन नहुदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ। पर्यटकिय दृष्टिकोण ले पनि घोडाघोडी ताल विश्व रामसार सुचिकृत क्षेत्र नजिकै राजमार्ग मै फोहोरका डङगुरले पर्यटकिय क्षेत्रमा निकै ठुलो असर गरको छ।

घोडाघोडी बासिको मुख्य किनमेल गर्ने मुख्य बजारको सडमै फोहोर व्यवस्थापन नहुदा विभिन्न रोगहरु फैलिन सक्ने व्यापारी हरु बताउछन। घोडाघोडी नगरपालिका मा जनप्रतिनिधि आएको झन्डै तीन बर्ष बित्न लागेसक्यो तर पनि फोहोर व्यवस्थापन ठोस निर्णय गर्ने सकेको छैन। अहिले फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइड नि तयार हुन सकेको छैन । पर्यटकिय क्षेत्र घोडाघोडी ताल नजिकै सामुदायिक बनमा फोहोर थुपारिएको छ । नगरप्रमुख ममता प्रसाद चौधरी को फोहोर लाई मोहोर बनाउछु भन्ने चुनावी नारामै सिमित रहेको छ ।

यता फोहोर व्यवस्थापन बिषय लिएर नगरप्रमुख चौधरी लाई फोहोर किन उठेन ? भन्दा केही प्राबिधिक समस्या कारण फोहोर नउठेको हुन सक्ने घोडाघोडी नगरपालिका का नगरप्रमुख चौधरीले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस