चैत ११, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन्। फागु पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका हुन्।

“फागुपर्वमा खेलिने विविध रङ्गजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपले विविधतापूर्ण रहेको छ, यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागुपर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पुर्णिमाका अवसरमा दिनुभएकाे शुभकामना सन्देश :
