असार १९, बझाङ । सुदुर पश्चिमा कोराना संक्रमण पुष्टि भएपछि एक युवकले आत्माह’त्या गरेका छन। बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका– ७ स्थित लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका एक युवकले शुक्रवार आ’त्मह’त्या गरेका हुन् ।
वडा नं ७ गडराय घर भएका १८ वर्षका युवकले आ’त्मह’त्या गरेका हुन । उनी जेठ १९ गते भारत वाट आएर क्वारेन्टाइममा बस्दै आएका थिए । कोरना पुष्टि भएर एक्लै बस्दा उनले आ’त्मह’त्या गरेको गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहले बताएका छन।