असार १०, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान ११ बजे बस्ने बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।
बैठकमा एमसीसी, सरकारको काम कारवाही, पार्टीको सुदृढिकरणका लागि आन्तरिक रणनीतिको बारेमा गहन छलफल हुने बताइएको छ । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुनेछ ।