फागुन २५, पर्सा । अपहरण तथा शरीर बन्धक, हातहतियार खरखजना तथा संगठित अपराध मुद्दामा फरार रहेका प्रतिवादीहरु भारत बिहार, मोतिहारी बस्ने ३५ वर्षिय बब्लु पासवान र सोही ठाउँ बस्ने २५ वर्षीय नन्की महतो भन्ने विजय महतो कुशवाहालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
प्रतिवादीहरुले २०७३ जेठ १३ गते पर्सा बीरगंज महानगरपालिका-६ बस्ने सुरेश केडियालाई बारा महागढीमाई नगरपालिका-१ स्थित पसाहापुलबाट अपहरण गरी शरीर बन्धक बनाई भारततर्फ लगेर राखेकोमा भारत मोतिहारीबाट भारतीय प्रहरीको सहयोगमा अपहरण मुक्त भएका थिए ।
घटनामा बब्लु मुख्य योजनाकार रहेका थिए भने विजयले अपहरण पश्चात गाडी चलाई लगेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।