• २०८३ भाद्र २६ गते शुक्रवार

एक मजदुरको लडेर मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, रुपन्देही । रुपन्देहीमा एक मजदुरको लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पत्थरगंंजस्थित स्थानीय देवबहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने ३० वर्षीय किसन चौधरीको लडेर मृत्यु भएको हो ।

चौधरी लमही नगरपालिका–९ वनभुटानी निवासी हुन् । घरमा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस