• २०८३ असार २ गते मङ्गलवार

पाण्डुसेनमा जीप दुर्घटना, पाँचजना घाईते

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, बाजुरा । बुधबार विहान पाण्डुसेनबाट मार्तडी तर्फ आउँदै गरेको जीप गरेको से १ ज ९९० नम्बरको जीप पाण्डुसेनस्थित पुरानो प्रहरी चौकी नजिकै दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर पाँच जना सामान्य घाईते भएका छन् ।

घाईते हुनेमा बुढीनन्दा नगरपालिका ८ बस्ने तारा थापा, अमदुल थापा, रोषन थापा, रोशनी थापा, सरस्वति थापा रहेका छन् । जसमध्ये ३ जना तारा थापा, अमदुल थापा, र सरस्वति थापालाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईदै छ भने अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जीप करिव १ सय ५० मिटर तल खसेको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस