भदौ ८, सिरहा । दुई दिनको बीचमा सिरहामा एकैखाले लक्षण देखापरेका चार जनाको मृत्यु भएको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँमा टाउको दुख्ने, वान्ता आउने र बेहोस हुने जस्ता लक्षण देखिएका बिरामीको मृत्यु भएकाे हो । एकै खाले लक्षणबाट २ दिनमा ४ जनाको मृत्यु भएपछि कटैया गाउँ त्रसित बनेको स्थानीय रामदेव यादवले बताए ।

मृतकहरुले गाउँमै घरेलु मदिरा सेवन गर्दै आएको र विषाक्त रक्सीकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जानाएको छ । यसबारे बारेमा थप अनुसन्धान भइरहेको सखुवानन्कारकट्टी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिनारायण चौधरीले बताए।