- सागर थापा,दाङ
भदौ २७, दाङ । नेपाली काँग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले लोकतन्त्रमाथी प्रहार गरीए काँग्रेसले पार्लियामेन्ट ठप्प पार्नै चेतावनी दिनुभएको छ ।

काँग्रेसका संस्थापक मध्येका एक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्रि विश्वेश्वर प्रसाद् कोईरालाको पुर्ण कदको प्रतिमा अनावरण गर्न दाङमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो चेतावनि दिनुभएको हो ।
दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा नेपाली काँग्रेस दाङ द्धारा स्थापित वि.पी.को पुर्ण कदको शालिक अनाबरण तथा काँग्रेसको दोश्रो चरणको जागरण अभियान लाई सम्बोधन गर्दै सभापति शेर बहादुर देउवाले बर्तमान दुई तिहाईको बर्तमान कम्युनिष्ट सरकारले वैयक्तिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार माथी कुठाराघात गर्नैगरी बिचारमाथी र अभिव्यक्तिको स्वतन्त्रतामाथी अंकुस लगाउन खोजिएको आरोप लगाउनुभयो ।
दोश्रो चरणको जागरण अभियानकै क्रममा काँग्रेसले मिडिया काउन्सिल बिद्येयक ल्याएर पत्रकारीताजगत लाई त्रसित पार्नै काम गरेको गम्भिर आरोप लगाउनुभयो । प्रमुख अतिथिको आसन बाट बोल्दै पत्रकारहरु लेख्न र बोल्न डराउनु पर्नै अवस्था आएको दावी गर्नुभयो । राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार माथिको नेकपाको कार्यकताको लछार पछार (दुव्र्यबहार), र बाँकेका नेपाली काँग्रेसको कार्यक्रममा हल भित्र पसेर गरीएको गुण्डागर्दीहोस दोषिलाई पकडेर कानुनी दायरामा ल्याउन सरकारलाई चेतावनी दिनुभयो ।
निकै आक्रोसिथ मुद्रामा आफ्नो २० मिनेटको सम्बोधनको क्रममा देउवाले पटक पटक लोकतन्त्र माथिको प्रहारलाई निस्तेज पार्नै दावी गर्नुभयो । २६ गते नेपाली काँग्रेस बाँकेको कार्यक्रममा नेकपाका कार्यकर्ताहरुले साँघातिक आक्रमण गर्दा बाँेके काँग्रेस सभापति किरण कोईराला को हात भाँचिएको थियो भने दाङमा केही दिन अघि नेकपा का जिल्ला सदस्य विवेक श्रेष्ठले राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राम प्रसाद प्याकुरेलमाथि हातपात गरेका थिए ।
कम्युनिष्ट सरकारले न्यायालाय माथी आक्रमण गरेको, मानव अधिकार माथी अंकुस लगाउन खोजेको आरोप लगाउनुभयो ।
नेपाली काँग्रेस अहिले अप्ठ्यारोमा परेको भन्दै सभापति शेर बहादुर देउवाले काँग्रेस बिचको एकता महत्वपुर्ण रहेको जिकीर गर्नुभयो ।
काँग्रेस राजा, राणा र पन्चहरु बिरुद्ध लडेको भन्दै कम्युनिष्ट सरकारको बिरुद्ध जस्तो सुकै कदम चाल्न सक्ने भन्दै पहिला जे भयो भयो भन्दै पार्टिमा अनुसासन हुनुपर्नै दावि गर्नुभयो ।
दाङ जिल्ला अन्य जिल्लाहरुलाई समेत प्रभाव पार्न सक्ने जिल्ला भएको भन्दै एक ढिक्का भएर कार्यकर्ताहरुलाई जनताको पक्षमा लाग्न आह्वान गर्नुभयो ।
खड्काको गृह ग्राममा शालिक स्थापना गरीने
नेपाली काँग्रेसका प्रभावशालि नेता तथा पुर्व गृहमन्त्रि खुम बहादुर खड्को दाङ खड्काकौ गृह ग्राम मा शालिक निर्माण गरीनेभएको छ ।आजै काँग्रेसका सभापति शेर बहादुर देउवाले घोराही उपमहानगरपालिका वडा नं १० दुन्द्रा चोकमा खड्काको शालिक निर्माणका लागि भुमि पुजन गर्नुभएको हो ।
यस्तै सभापति देउवाले भोलि २८ गते तुलसिपुर उपमहानगरपालिका वडा नं ५ वि.पी. चोकमा स्थापित वि.पि.को पुर्ण कदको शालिक अनाबरण गर्नै कार्यक्रम रहेको नेपाली काँग्रेस दाङले जनाएको छ ।