बैशाख १३, मुगु । मुगुमा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । कोरोना भाइरस(कोभिड–१९का कारणले जिल्ला बिपत ब्यवस्थापन समिति र मुगुमकार्मारोङ्ग गाउपालिकाले यार्सागुम्बा सकलनमा रोक लगाउने निर्णय गरेको हो । बहुमुल्य जडिबुटी रहेको यार्सागुम्बा संलकनमा रोक लगाइएको मुगुमकार्मारोङ्ग गाउपालिकाले जनाएको छ ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा पाईने बहुमुल्य जडिवुटिले गर्दा यहाको आयस्रोत नै बनेको थियो । विश्व महामारीको रुपमा फैलेदै गईरहेको नोवेल कोरोना भाईरस कोभिड–१९का कारण देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनले झनै ठुलो बिपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएका कारणले संकलनमा रोक लगाइएको मुगुमकार्मारोग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले जानकारी दिए ।

मुगमकामारोङ्ग गाँउपालिकाको निर्णय अनुसार गाँउपालिकाको सानो कोईकी, ठूलो कोईकी, हाङदाङ, छापाखोला, डोल्फु पाटन, रिमाट लगायत दर्जनाैं पाटनमा पाईने र्यासागुम्बा संकलनको लागी यो बर्ष विश्व भरी फैलिएको महामारी कोरोना भाईरसको कारण र्यासागुम्बा संकलनको लागी बाहिरी जिल्ला र जिल्ला भित्र बाट हजाराैं मानिसको जमघट भेला हुर्ने हुदा महाकारी कोरोना भाईरस फैलिन सक्ने सम्भावना भएको हुदा यो बर्षको लागी बहुमुल्य जडिबुटी संकलनको लागी गाँउपालिकाको निर्णय गरि रोक लगाईएको मुगमकामारोङ्ग गाँउपालिकाका अध्यक्ष छिरिङ्ख क्याप्ने लामाले बताए ।

मुगमकामारोङ्ग गाँउपालिकामा बस्ने १६ वटा बस्तीहरुमा बस्ने ५ हजार भन्दा बढी स्थानिय बासीहरुको सबै भन्द बढी १२ महिना सम्म जिवन निबाह गर्ने मुख्य आय आर्थिका स्रोत भने कै मुख्य र्यासागुम्बा र अन्य जडिबुटी हो । घरमा उत्पादन भएको अन्नले २ महिना सम्म पुग्दैनन् । जिवन निबाह गर्नको लागी ब्यापार हो कोरोना भाईरसको कारण देश लगडाउनमा छ ।

हालका लागि बिकास निमार्णका कार्य पनि बन्द अवस्थामा रहेको अध्यक्ष लामाले बताए । मुगमकामारोङ्ग गाँउपालिकामा रहेका धेरै मानिसहरु भोकमारी हुन सक्छ । यसको बारे गाँउ पालिकाले केही बिकल्प खोज्नु पर्ने हुन्छ । महामारि कोभिड भाईसको कारण र्यासागुम्बा संकलनको लागी बन्द गर्न राम्रो कुरा भएको स्थानिय बासीहरुले बताएका छन ।
बिगतका बार्षहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्वा संकलनको लागी बाल बच्चा, युवा युवति,बिद्यार्थिहरु समेत पाटन क्षेत्रमा जार्ने गरेका थिए पनि र्यासागुम्बा बाट मात्र लाखै रुपैयाको गाँउ पालिकाले राजश्व संकलन गर्ने गरेको थिए यो बर्ष गाँउ पालिकाको लाखै राजश्व नउठ्ने भएको छ ।