• २०८३ जेष्ठ २४ गते आइतवार

झापाको बिर्तामोडमा झगडा : राष्ट्रिय युवा सङ्घका नेतासहित तीन जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, बिर्तामोड। झापाको बिर्तामोडमा ग्याङ फाइट हुँदा राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सहित ३ जना घाइते बनेका छन् । सोमवार राती १ बजेको समयमा तरबार प्रहारबाट एमाले निकट राष्ट्रिय युवा सङ्घका झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका ४ बस्ने ३७ वर्षीय खगेन्द्रराज आङदेम्बे(राज), एमालेका बिर्तामोड नगर कमिटी सदस्य बिर्तामोड नगरपालिका ९ बस्ने ३५ वर्षीय विश्वदिप राजवंशी र बिर्तामोडकै एमाले कार्यकर्ता ३० वर्षीय अजय खवास घाइते भएका हुन् ।

घाइतेहरू सबैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केन्द्रीय सदस्य खगेन्द्रको आइसियुमा र बाँकीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

खवासको शरीरको विभिन्न स्थान र अनुहारमा चोट लागेको छ । उहाँलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको राष्ट्रिय युवा सङ्घका केन्द्रीय सचिव समेत रहनुभएका पर्वतराज भण्डारीले बताउनुभयो । यता अर्का घाइते विश्वदिप राजवंशीलाई भने बिर्तामोड नगरपालिकास्थित भद्रपुर रोडमा दरबार रेष्टुरेष्टबाट ओर्लिनसाथ मोटरसाइकलमा आएका ४ जनाको समूहले आक्रमण गरी घाइते बनाएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको र आक्रमणमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसबारेमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस