चैत ०२, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ११ पहलमानपुर स्वास्थ्य स्वास्थ्य चौकीको एम्बुलेन्स चालक फरार भएपछि एम्बुलेन्स करिव ४ महिना सम्म ठप्प रहेको छ । बिगत लामो समयदेखि काम गर्दै आएका चालक वडा न १२ बस्ने राजिब चौधरी बारम्बार एम्बुलेन्स बिग्रीएको भन्दै फरार रहेपछि एम्बुलेन्स ठप्प रहेको हो ।

बारम्बार प्रहरी प्रशासन, पत्रकार र आफु जादा समेत उसले नमानेर फरार रहेको वडा न ११ का वडाध्यक्ष दानसिङ जोगीले जानकारी दिए । करिब ४ महिना एम्बुलेन्स ठप्प रहदा समेत नगरपालिका, वडा कार्यलय ले कुनै पहल नगरेको स्थानियबासीले आरोप लगाएका छन । आज नै पत्र लिएर प्रशासन बुझाउने तयारी गरिएको वडाध्यक्ष जोगी बताउनु भयो ।