मंसिर ७, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिने तयारी भइरहेको छ । ‘गार्ड अफ अनर’ र स्वागतपछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री शाहबीच शिष्टाचार भेटवार्ता हुनेछ । राष्ट्रपति मुर्मूले प्रधानमन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गरेकी छन् ।

त्यसपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक भेटवार्ता हुनेछ । दुवै देशका प्रधानमन्त्रीले विभिन्न १० वटा विकासका परियोजनामा हस्ताक्षर गर्नेछन् । सँगै ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माणको शिलान्यास गर्दैछन् ।
अपराह्न १२ बजेपछि भारतको सिलगुढीदेखी नेपालको झापा (चारआली) सम्म को पाइपलाइन निर्माणको शिलान्यास गर्न लागेका हुन्।
दुवै देशका प्रधानमन्त्री तहबाट परियोजनाको शिलान्यास हुने भएपछि चारआलीस्थित २३ बिघा जमिन भएको परियोजना स्थलमा सजावट गरिएको छ । यस्तै, ६ सय मेगावाटको तल्लो अरुण, दार्चुलास्थित पुलको पनि संयुत्त उद्घाटन गर्ने कार्यक्रम छ ।