• २०८३ मङ्सिर ८ गते सोमवार

राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ७, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिल्लीस्थित महात्मा गान्धी समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ लिएपछि उनी सिधै राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पण गरेपछि उनले त्यहाँ रहेको शोक पुस्तिकामा ‘गान्धीजीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सामञ्जस्यपूर्ण विश्वतर्फको हाम्रो साझा मार्गलाई निरन्तर आलोकित गरिरहून्,’ भनेर लेखेका छन् ।

बालेनले आफू गौतम बुद्धको जन्मस्थलबाट आएको उल्लेख गर्दै ‘म गान्धीजीको विरासतमा त्यही अमर ज्योति देख्दछु– करुणा नै परम शक्ति हो र सच्चा नेतृत्व हामीमध्येका सबैभन्दा निमुखाहरूको नि:स्वार्थ सेवामा निहित हुन्छ भन्ने गहन सत्य। नेपाल र भारत साझा भूगोलले मात्र होइन, आस्था, आत्मीयता र चिरस्थायी मित्रताको शाश्वत सम्पदाद्वारा बाँधिएका छन्। गान्धीजीको कालजयी भावनाको सम्मान गर्दै, म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो चिरस्थायी सम्बन्धलाई प्रगाढ बनाउने नेपालको दृढ प्रतिबद्धता पुन: दोहोऱ्याउँछु’ लेखेका छन् ।

बालेनले लेखेको सन्देशको पूर्णपाठ

यस पवित्र स्थलमा, म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले संसारलाई सत्यमा कुनै पनि शक्तिले भेटाउन नसक्ने अपार सामर्थ्य हुन्छ भन्ने प्रमाणित गरिदियो। नेपाली जनता र नेपाल सरकारको तर्फबाट म मेरो हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। भगवान् बुद्धको जन्मभूमिबाट आउँदै गर्दा, म गान्धीजीको विरासतमा त्यही अमर ज्योति देख्दछु, करुणा नै परम शक्ति हो र सच्चा नेतृत्व हामीमध्येका सबैभन्दा निमुखाहरूको नि:स्वार्थ सेवामा निहित हुन्छ भन्ने गहन सत्य।

नेपाल र भारत साझा भूगोलले मात्र होइन, आस्था, आत्मीयता र चिरस्थायी मित्रताको शाश्वत सम्पदाद्वारा बाँधिएका छन्। गान्धीजीको कालजयी भावनाको सम्मान गर्दै, म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो चिरस्थायी सम्बन्धलाई प्रगाढ बनाउने नेपालको दृढ प्रतिबद्धता पुन: दोहोऱ्याउँछु। गान्धीजीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सामञ्जस्यपूर्ण विश्वतर्फको हाम्रो साझा मार्गलाई निरन्तर आलोकित गरिरहून्।
बालेन्द्र शाह
प्रधानमन्त्री, नेपाल
२३ नोभेम्बर २०२६

Sharing

प्रतिक्रिया दिनुहोस