• २०८३ बैशाख ५ गते शनिवार

फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३,काठमाडौं । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्माता सरोज न्यौपानेका अनुसार ‘जेरी अन टप; फेब्रुअरी २७ शुक्रबारदेखि भारतमा रिलिज हुने भएको हो । नेपालमा शानदार कमाई गरेको फिल्म अब भारतमा प्रदर्शनमा आउन लागेको हो ।

फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, मुम्बई कालिम्पोङ, सिलिगुडी र कोलकातासहित विभिन्न ठाउँका हलमा फिल्म लाग्ने बताइएको छ । फिल्म इनोक्स, पिभिआर लगायतका सिनेमा चेनसहित सय भन्दा बढी स्क्रीनमा रिलिज हुने बताइएको छ । फिल्मको टिकट बुक माई शो लगायतका एपबाट समेत लिन सकिने छ ।

फिल्ममा अनमोल र जसिता गुरुङको प्रमुख भूमिका रहेको छ । प्रेमको कथावस्तुमा निर्माण भएको फिल्म सगरमाथा आरोहणको साहसिक कथामा बनेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस