काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत युएईले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको युएई ३९.५ ओभरमा अलआउट हुदै १२१ रन बनाएको हो ।

युएईका लागि मुहमद शाहदादले सर्बाधिक ४० रन बनाए भने हरप्रित सिंहले ३२ रन बनाएका थिए । त्यस्तै नूरुल्लाह आयोबीले१२ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर कुशल भुर्तेल र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने राशिद खान, नन्दन यादव र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।