• २०८३ मङ्सिर ७ गते आइतवार

नेपालका लागि लोकेश, राशिद र मयनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपालका लोकेश बम, राशिद खान र मयन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्। एसिसी पुरुष राइजिङ स्टार्स प्रतियोगिता २०२६ अन्तर्गत यूएईविरुद्धको खेलमा लोकेशले नेपालको ४६औँ, राशिदले ४७औँ र मयनले ४८औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडीका रूपमा डेब्यु गरेका हुन् ।

खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै यूएईले पहिले ब्याटिङ गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस