• २०८३ असोज २६ गते सोमवार

काठमाडौं उपत्यकामा एकै दिन ७१६ सवारी चालक कारबाहीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले एकै दिन ७१६ सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार २०८३ जेठ १४ गते बिहान ६ बजेसम्मको अवधिमा सबैभन्दा धेरै ४२५ जना चालक अन्य कसुरमा कारबाहीमा परेका छन्।

त्यस्तै, अवस्था ठीक नभएको सवारी चलाउने ४३ जना, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६६ जना, सिसिटीभिका आधारमा कारवाही ४१ जना, रेड लाइट उल्लङ्घन गर्ने ३४ जना, तीव्र गतिमा सवारी चलाउने ९४ जना, हर्न १२ जना र लेन उल्लङ्घन गर्ने एक जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न ट्राफिक नियमको पालना गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस