• २०८३ बैशाख २१ गते सोमवार

पूर्वराष्ट्रपति भण्डारीले आज नागरिकताको प्रतिलिपि लिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं, बबरमहलबाट नागरिकताको प्रतिलिपि लिनुहुने भएको छ।

भण्डारीले आज दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय उपस्थित भएर नागरिकताको प्रतिलिपि ग्रहण गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको निवास जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त हुँदा नागरिकता, राहदानीलगायतका व्यक्तिगत कागजातहरू नष्ट भएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस