पौष ९, एजेन्सी । भारत र साइप्रसले रक्षा, राजनीति, आर्थिक, कन्सुलर र सांस्कृतिक सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छन् । पछिल्लो समय रक्षा र सैन्य रणनीतिमा पनि साझेदार गर्दै अघि बढ्ने सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत र साइप्रसबीचको पाँचौं चरणको डिसेम्बर १० मा भएको छलफलले दुबै मुलुकबीच सैन्य सम्बन्धलाई पनि बढाउँदै लैजाने सहमति भएको हो । छलफलमा भारतीय पक्षको नेतृत्व मध्य युरोपका लागि उपसचिव नीता भूषणले र साइप्रस पक्षको नेतृत्वमा साइप्रस गणराज्यको परराष्ट्र मन्त्रालयका राजनीतिक निर्देशक थेस्सलिया सलिना शाम्बोसले गरेका थिए,ू भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । परामर्शको क्रममा दुबै पक्षले परम्परागतरुपमा दुबै पक्षले एक(अर्को सहयोगको प्रशंसा गर्दै विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गरिनेसमेत बताएका छन् ।
“दुबै पक्षले आयुर्वेद लगायत रक्षा र सैन्य सहयोग, खेलकुद र संस्कृति लगायतका सम्झौताहरूको स्थिति समीक्षा गरेका छन् । दुबै मुलुक यी सम्झौताको शीघ्र कार्यान्वयनको दिशामा काम गर्न सहमत भएका छन्” विज्ञप्तिमा भनिएको छ। भारतीय र साइप्रसले पूर्वी भूमध्यसागरमा भएको संकट, उत्तरी साइप्रसको टर्की कब्जा र भारत-ईयू सम्बन्धका साथै आपसी हितका मुद्दाहरूको बारेमा पनि विचार आदानप्रदान गरेका छन् । संयुक्त राष्ट्र र अन्य ठाउँमा सहयोगलाई थप सुदृढ पार्नेसमेत सहमति भएको छ ।
ग्रीसका साथ अन्य मुलुकहरुसँग धेरै राम्रो सम्बन्ध कायम राख्दै भारतीयहरूले टर्कीविरुद्ध कडा नीति अवलम्बन गरिने भएको छ । वास्तवमा गत महिना मात्रै भारतीय विदेश मंत्री सुब्रह्मण्यम जयशंकरले भारतले ग्रीसलाई रणनीतिक साझेदारका रूपमा लिने बताएका थिए ।