• २०८३ असोज २६ गते सोमवार

समावेशी बन्न सकेन कांग्रेसका नौ पदाधिकारी, गगन थापालाई चुनौती

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला नौ पदाधिकारीको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये आठजना खसआर्य र एकजना मधेशी समुदायका मात्र निर्वाचित भएका छन् । कांग्रेसका नौ निर्वाचित पदाधिकारीमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, महिला उपसभापति पुष्पा भुसाल, उपसभापति चन्द्र भण्डारी, मधु आचार्य, विनोद चौधरी, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला पन्त छन् ।

सभापति थापाले पार्टीलाई समावेशी बनाएर लैजाने बताउँदै आएका थिए । तर महाधिवेशन प्रतिनिधिहरूले अन्य समुदायलाई शीर्ष पदाधिकारीमा देख्न नचाहेको हो कि कांग्रेसमा पनि बाहुनवादले प्रश्रय पाएको हो ? अनुमान गर्न कठिन छ ।

नौजनाको पदाधिकारीमा दलितको समावेशिता शून्य, आदिवासी जनजातिको समावेशिता शून्य, थारुको समावेशिता शून्य तथा मुस्लिमको समावेशिता शून्य छ ।

यस्तो पदाधिकारीको संरचना भएको नवनिर्वाचित कांग्रेसकोे संघीय समितिले नेपालको संविधानको धारा ४२ तथा जेनजी जनआन्दोलनको १० बुँदे सम्झौताको बुँदा नम्बर ६ कार्यान्वयन गर्न निकै चुनौती हुने जेनजी अभियन्ता माजिद अन्सारीको टिप्पणी छ ।

कांग्रेस पदाधिकारीमा धेरैले धनराज गुरुङ, जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ, रञ्जित कर्ण, अमरसिंह पुन मगरलाई देख्न चाहेका थिए । तर उनीहरू पराजित बन्न पुगे ।

Sharing

प्रतिक्रिया दिनुहोस