• २०८३ असोज ८ गते बिहिवार

अमेरिका पुगे सी जीनपिङबीच, ट्रम्पले विमानस्थल पुगेर गरे स्वागत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपिङबीच अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर सीको स्वागत गरेका छन् । राष्ट्रपति सी पत्नी पेङ लियुआन र चिनियाँ प्रतिनिधिमण्डलसहित अमेरिका पुगेका हुन् । राष्ट्रपति ट्रम्पले पत्नी मेलानियासँगै विमानस्थल पुगेर सीको स्वागत गरेका थिए । विमानस्थलमा अमेरिकी सेनाले सीलाई सम्मान गार्ड अफ अनरसमेत दिएको थियो ।

ट्रम्प र सीबीचको भेटवार्ता विश्वका दुई प्रमुख शक्तिबीचको सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका लागि विश्वभरका प्रतिनिधि न्युयोर्कमा भेला भएका बेला उनीहरूबीच वार्ता हुन लागेको हो । वार्तामा पश्चिम एसियाको पछिल्लो अवस्था, इरानमाथि दबाब, व्यापार, प्रविधि तथा क्षेत्रीय सुरक्षालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

अमेरिका र चीनबीच जारी व्यापार विवादलाई सम्बोधन गर्दै दीर्घकालीन व्यापार सम्झौताको आधार तयार गर्ने विषय वार्ताको प्रमुख एजेन्डामा रहनेछ । दुई देशबीचको व्यापारमा लगाइएको महसुल तथा व्यापारिक प्रतिबन्धबारे पनि छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस