पुस ११, एजेन्सी । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ। मन्त्रालयका अनुसार डिसेम्बर १९ मा बेलायतबाट फ्रान्स फर्किएका टुअर्स शहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण देखिएको हो ।
फ्रान्सको स्वास्थ्य मन्त्रायले नयाँ कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ। कोरोना भाइरस (कोभिड-१९)को खोप भर्खरै प्रयोगमा आइरहँदा नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर तीव्ररूपमा फैलिन थालेपछि विज्ञहरू चिन्तित बनेका छन् ।
यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको थियो ।बेलायत र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाको नयाँ रूप पहिलेका भाइरसभन्दा निकै घातक र संक्रामक रहेको बीबीसीले जनाएको छ ।