• २०८३ असोज ६ गते मङ्गलवार

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असोज ५, जनकपुरधाम । जनकपुरधाममा पनि बैँक समेत असुरक्षित बन्दै बन्दै गएको छ । पिडारी चोकस्थित नबिल बैँकको शाखा कार्यालयबाट एक खाताधारीको ७० हजार रुपैया नयाँ ह्याकरले आफ्नो खातामा निकासा गरेको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ निवासी रतिश कर्णकी श्रीमति रजनी कर्णको खाताबाट मोबाइल बैँकिङमार्फत सो रकम हयाकरले प्राइम कमर्शियल बैंक लिमिटेडका खाताधारी मो. शेख फैजल जमालको खातामा ट्रान्सफर गरेको बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार देखिएको छ ।

पिडित रजनीले आफ्नो खातामा रहेको रकम आफूलाई जानकारी नै नदिई विभिन्न मितिमा निकासी भएको भन्दै घटनाको छानबीन गरी दोषीमाथि कारवाही सो रकम उपलब्ध गराई दिन सम्बन्धित बैंक सहित जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी सोमवार दर्ता गराएकी छिन् ।

बैंक स्टेटमेन्ट अनुसार नबिल बैंकमा रजनी कर्णको नाममा रहेको खाता नं. ०५२१००१७५०९०७४ बाट प्राइम कर्मिशियल बैंक लिमिटेडमा मो. शेख फैजल जमालको नाममा रहेको खाता नं. ०१९०१०००००००१७३२४६८० मा २० सेप्टेम्बर आइतवार ७० हजार १० रुपैया ट्रान्सफर भएको हो ।

रजनीका भनिन् आफूले न कुनै कारोबार गरेको अवस्थामा आफ्नो बैंक खाताबाट रहेको रकम घटेको देखिएपछि कारोबार विवरण हेर्दा आफूले नगरेका कारोबारबाट रकम निकासी भएको जानकारी थाहा पाएपछि सम्बन्धित बैंकमा जाँदा आफ्नो ह्याकरले खाताबाट रकम निकासा गरेको जानकारी गराएपछि प्रहरीमा उजुरी दिएका हौं ।

कर्णले दिएको निवेदनमा नेविल बैंक पिडारी चौक शाखाबाट हाइजेक गरी प्राइम कमर्सियल बैंकमार्फत निकासा गरिएको विवरण उल्लेख गरिएको छ । उनले आफ्नो खाताबाट कुन माध्यमबाट, कहिले र कसरी रकम निकासी भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान गरी संलग्न व्यक्तिको पहिचान तथा आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेकी छिन् ।

प्रहरीले समेत अनुसन्धान प्रक्रिया समेत अगाडि बढाईसकेको छ । प्राप्त जानकारी अनुसार जिप्रका धनुषाले सोमवार नै नेपाल राष्ट्र बैंक र सम्बन्धित बैंकमा घटनाको विवरणसहित अनुसन्धानका आवश्यक पर्ने विभिन्न जानकारी उपलब्ध माग गरिसकेको छ । बैंक खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर भएको पछिल्लो घटनाले डिजिटल बैंकिङको सुरक्षामाथि समेत प्रश्न उठाएको छ ।

धनुषामा बैँकिङ्ग अपराधको मुद्दामा बढदै गएको छ । गत भदौ महिनामा बैंँकिग कसूरको ४ र ठगीको १३ तथा साउन महिनामा बैँकिङ्ग कसूरको ११ र ठगीको १४ वटा मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

उनले भने यी घटना बैँकिग ठगीसँग सम्बन्धित छ । मोबाइल बैंकिँग मार्फत रकम ट्रान्सफर भएको प्रत्येक महिना एक दर्जनभन्दा बढी घटना दर्ता भइरहेको छ । यस्ता धेरै घटनाको समाधान पनि भएको छ र केही अनुसन्धानमा रहेको छ ।

उनले भने ह्याकरले खाता ह्याक गर्नुभन्दा मोबाइल बैंकिँगको सचेतना आभावको कारण यस्ता घटना बढेको हो । कसैले मोइबालमा विभिन्न एप्स वा सामाजिक सञ्जालमा आर्थिक कारोबारसँग सम्बन्धितमा क्लिक गर्ने, बैंकमा आएको आएको ओटीपी सम्बन्धित व्यक्तिलाई दिने गरेको कारण घटनमा बढेको हो । ह्याकरले सिधैं एकाउन्टमा छिरेर रकम निकासा गरेको भन्ने मुद्दा अनुसन्धानमा देखिएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस