• २०८३ भाद्र २५ गते बिहिवार

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं ।  प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन् ।

उपसभामुख रुबीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन् ।

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय गरेकी हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस