• २०८३ कार्तिक २१ गते शुक्रवार

सुनको मूल्य तोलामा ५९ सय रुपैयाँले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २०, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५९ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुवैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य १३ हजार तीन सय रुपैयाँले बढेर दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर तीन हजार आठ सय १० रुपैयाँ कायम भएको छ । हिजो चाँदी ३ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस