• २०८३ असार १ गते सोमवार

जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, कास्की । पोखरा महानगरपालिका-२९ भण्डारढिक बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस