• २०८३ कार्तिक २१ गते शुक्रवार

तिहारअघि सामान्य बढेर बन्द भयो सेयर बजार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २०, काठमाडौं ।  तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६४ अंक बढेर २६५५.२२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.१८ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ। १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। बिहीबार चार अर्ब ७२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज तीन अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँबराबरको एक करोड सात लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज घोराही सिमेन्ट इण्डष्ट्री कम्पनीको २१ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको कारोबार रकम साढे १२ करोड रुपैयाँ ररिलायन्स स्पिनिङ मिल्सको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १४.०८ प्रतिशत बढेको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस