• २०८३ भाद्र २१ गते आइतवार

जैशिदेवल युथ क्लवको ३३औं जन्मोत्सवको अवसरमा सातौं इन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २१, काठमाडौं । जैशिदेवल युथ क्लवको ३३औं जन्मोत्सवको अवसरमा क्लव द्वारा काठमाडौं महानगरपालिका वडा नं. २१ को सहकार्यमा आयोजित “सातौं इन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता २०८३” जैशिदेवल, काठमाडौंमा भव्य सफलता पूर्वक सम्पन्न भएको छ। एकदिने प्रतियोगितामा विभिन्न समूहमा गरी कुल १२० जना खेलाडीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उत्कृष्ट पुरुष खेलाडीमा श्री सौरव थापा तथा उत्कृष्ट महिला खेलाडीमा श्री आभुश्री सिल्वाल घोषित भए।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष श्री नविन मानन्धरज्यूले सामाजिक सांस्कृतिक र खेल क्षत्रको विकासमा क्लवको योगदानको कदर गर्दै नेपाली खेलकुदको विकास र विस्तारमा काठमाडौं महानगरपालिको सदैव साथ र सहयोग रहने प्रतिवद्धता गर्नु भयो।

May be an image of one or more people and text

कार्यक्रमका विशेष अतिथि एवं नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका उपाध्यक्ष श्री प्रकाश खड्गीज्यूले आफ्नो मन्तव्यमा काठमाण्डौंमा नगरपालिका तथा अन्तर्गतका वडा कार्यालयहरुको सहयोगले नेपाली खेल क्षेत्रलाई आगाडी बढाउन अतुलनीय योगदान गरेको वताउनु भयो।

जैशिदेवल युथ क्लवका अध्यक्ष एवं जैशिदेवल तेक्वान्दो डोजाङ्गका संस्थापक श्री राजेश प्रजापतिज्यूले आफ्नो सम्वोधनमा यस प्रतियोगिताको उद्देश्य बारे जानकारी दिदै यस प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरुलाई अर्को एक छनौट खेल आयोजना गरि चितवनमा आयोजना हुन लागेको अन्तराष्ट्रिय प्रतियोगितामा क्लवको सम्पूर्ण खर्चमा सहभागिता गराउने जानकारी दिनु भयो।

May be an image of ‎text that says '‎दा मकेका सकेकामा लूप लगाडंदछ र४०३१३६्० ९८४१०३७०६३ जनूমी वुटीयूक्त ZERORNTNC जैशिदेवल युथ क्लव दारा काठमाडी महानगरपालिका वडा ดี ২৭ को सहकार्यमा आयोजित सातो इन्ट्रा डोजाड तेव्चान्दी प्रतियोगिता શ0८३ मिति: ၁၀၀ भादर ၃၀ गते शनिवार WOILD WOILD BEIWONDO ठमाडी ج ालिड स QAERALLY रुसानगर सिंद्ुपुर, काठमाड n मोत्स WORLD TAEKWO TAEKWONDS 2 1 3‎'‎

प्रतियोगिताको समापन कार्यक्रममा नेपाल तेक्वान्दो संघका पदाधिकारीहरु, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका पदाधिकारीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, जैशिदेवल युथ क्लवका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, क्लव सदस्यहरु, खेलाडीका अभिभावकहरु तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

क्लवले आफ्नो स्थापना कालदेखि नै सामाजिक कार्य, संस्कृति जगेर्ना तथा युवाहरुलाई खेलकुद तथा सामाजिक गतिविधिमा सहभागी गराउँदै आएको र तेक्वान्दो खेलको विकास तथा खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि निरन्तर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस